काठमाडौं– आगामी टी–२० विश्वकप एसिया छनोट खेल अन्तर्गत नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा कुवेत निर्धारित २० ओभरमध्ये १८ दशमलव १ ओभरमा अलआउट हुँदै रनमा ८३ रनमा समेटियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । ५४ बल खेलेका उनले तीन छक्का र तीन चौका बनाए ।
