Author: nepsereporter

काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले आइपीओ निष्कासन गरेको छ। एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि छुट्याएको ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ताका लागि बुधबारदेखि आवेदन खुला भएको हो। कम्पनीको सेयर निष्का‍सन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। एसवाई प्यानल नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशतले हुन आउने कुल ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासनको अनुमति पाएको छ। लगानीकर्ताले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम ५०…

Read More

चर्चित अनलाइन फोटो इडिटीङ्ग प्लेटफर्म क्यान्भा मा समस्या देखिएको छ ।  प्रयोगकर्ताहरुले क्यानभाको वेबसाइट लगिन गर्न समस्या आएको जानकारी दिएका छन । नेपाल, भारत लगायत धेरै क्षेत्रका प्रयोग कर्ताले समस्या आएको भनेर गुनासो पोखिरहेका छन । केहि प्रयोगकर्ताले लगिन भएपनि फोटोहरु डाउन्लोड गर्न समस्या आएको जनाएका छन ।

Read More

सरकारले तिहार पर्वका अवसरमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भोलि कार्तिक ३ गते सोमबारदेखि ७ गते शुक्रबारसम्म देशभरका सरकारी कार्यालयहरू बन्द रहने छन्।  यस अवधिमा सरकारी कार्यालयसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहनेछ। सोमबार कार्तिक १० गते छठ पर्वको बिदा रहेको छ।

Read More

३१ असोज, काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ ।

Read More

२९ असोज, काठमाडौं ।  नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । नेपालले सुपर सिक्समा युएई र कतारलाई हराएर दुई खेल अगावै विश्वकपमा स्थान बनाएको हो। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो ।

Read More

काठमाडौँ । नेपालले जापान माथि सहज जित निकालेको छ । जापानमाथि जित निकाल्दै आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा दुई अङ्क जोडेको छ । अल इमिरेट्स क्रिकेट मैदानमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Read More

काठमाडौं– आगामी टी–२० विश्वकप एसिया छनोट खेल अन्तर्गत नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा कुवेत निर्धारित २० ओभरमध्ये १८ दशमलव १ ओभरमा अलआउट हुँदै रनमा ८३ रनमा समेटियो ।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । ५४ बल खेलेका उनले तीन छक्का र तीन चौका बनाए ।

Read More

२३ असोज, काठमाडौं । सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा उच्च वृद्धि देखिएको हो ।

Read More

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरु पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै नेप्सेमा सूचीकृत ९ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ ।

Read More

एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज, असोज २१ गते रहेको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सबै वडाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये २…

Read More