Author: nepsereporter
काठमाडौं । पर्प्लेक्सिटी एआईले गत बिहीबार, यसको कृत्रिम बुद्धिमत्ता-संचालित वेब ब्राउजर कमेट विश्वव्यापी रूपमा उपलब्ध भएको, र प्रयोगकर्ताहरूका लागि नि:शुल्क हुने घोषणा गरेको छ।
काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सरकारको पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ। अर्थमन्त्रालयमा मंगलबार कम्पनीका तर्फबाट सहयोग रकमको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्तान्तरण गरेका हुन्। आगजनी र तोडफोडबाट सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गर्दै योगदान गर्न सबैलाई आह्वान गरेको छ।
काठमाडौं। उकालो लागेको सुनको मूल्यले बढोत्तरीमा कीर्तिमान बनाइरहेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर मंगलबार प्रति औंस ३९७६.२८ पुगेको छ। चाँदी प्रति औंस ४८.६ डलर छ। सोमबार सुन प्रति औंस ३६३६.३२ डलर र चाँदी ४८.५४ डलरमा कारोबार भएको थियो। अघिल्लो दिनको भन्दा तोलामा २ हजार ३ सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार २ हजार ५ सय रुपैयाँले बढ्दा कारोबार मूल्य तोलाको २ लाख ३३ हजार १ सय रुपैयाँ भएको थियो।