काठमाडौँ । नेपालले जापान माथि सहज जित निकालेको छ । जापानमाथि जित निकाल्दै आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा दुई अङ्क जोडेको छ । अल इमिरेट्स क्रिकेट मैदानमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
